नुवाकोटका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर टेकु अस्पताल पुगे

काठमाडौं – आइतबार संक्रमण पुष्टि भएका नुुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् ।

उनलाई आइतबार विहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर आएको थियो । अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैं मोटरसाइकल चलाएर टेकु अस्पतालतर्फ गएका गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

दिनभर एम्बुलेन्स खोज्ने प्रयास असफल भएपछि उनी आफैं मोटरसाइकल चलाएर आएका हुन् । नुवाकोट जिल्ला अस्पताल, काठमाडौं महानगरपालिका लगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएको ककनी गाउँपालिका– ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए ।

‘एम्बुलेन्सका लागि उहाँले धेरै प्रयास गर्नुभयो, मैले पनि काठमाडौं महानगरपालिका, नुवाकोट जिल्ला अस्पताललगायतका ठाउँमा टेलिफोन गरेँ, तर उपलब्ध भएन । साँझ परिसकेको थियो, ढिला हुन्छ भनेर मोटरसाइकलमै जानुभयो’ उनले भने ।

उनी ६ बजेतिर काठमाडौंतर्फ आएका हुन् ।

उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । उनी काठमाडौं आउजाउ गरिरहन्थे ।

उनी मोटरसाइकलमा काठमाडौंतर्फ आइसकेपछि प्रहरी खोज्दै घर आएको स्थानीय स्थानीय आशिष ढुंगानाले जानकारी दिए । अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्