संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्धानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपषिद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बिहीबार सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्