ओलम्पिक प्रतियोगिता २०२१ मै हुनेमा ढुक्क हुन जापानको आग्रह

काठमाडौं – जापानले आफ्नो देशमा हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ ।

कोरोनाभाइरसका कारण यस बर्षका लागि निर्धारित प्रतियोगिता एक बर्ष पर धकेलिएको छ । तर प्रतियोगिता २०२१ मा पनि आयोजना हुने वा नहुने भन्नेमा अझै दुविधायुक्त खबरहरु आइहेका छन् ।

कोरोना महामारीका कारण एक बर्ष पर सारिएको प्रतियोगिता फेरी सारिए प्रतियोगिता गर्नुभन्दा रद्ध गर्नु नै उचित हुने ओलम्पिक कमिटिका एक पदाधिकारीले पनि प्रतिक्रिया दिएका थिए ।

यसै सन्दर्भका जापान सरकारका प्रवक्ताले अर्को बर्ष ओलम्पिक प्रतियोगिता आयोजना हुने र त्यो जापानमा नै हुने स्पष्ट पारेका छन् । उनले प्रतियोगिता आयोजना स्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाइने बताएको भएपनि दर्शकहरुको उपस्थितिबारेमा भने केही नबोलेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्