लिम्पियाधुरा नेपालकै भू–भागः सरकारसँग ऐतिहासिक प्रमाण

काठमाडौं – लिम्पियाधुरा नेपालकै भू–भाग हो भन्ने पुष्टि गर्नका लागि सरकारले प्रमाणका रुपमा ऐतिहासिक कागजपत्र संगै विभिन्न पुराना नक्सासमेत संकलन गरी बिश्लेषण गरेको छ । कालीनदीको उद्गमस्थल लिम्पियाधुरा सम्म नक्शामा देखिने गरी नेपालको अद्याबधिक प्रशासनिक नक्शा तयार गरी बिहिवारदेखि प्रचलनमा ल्याइएको हो ।

विश्वको नक्सामा नेपालको मानचित्रको आकार बदलिएको छ । कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसंगै नेपालको मानचित्र बदलिएको हो । यसअघि पछिल्लो समयमा प्रचलनमा रहेको नेपालको नक्सामा ती भू–भाग थिएनन् । सरकारले लिम्पियाधुरा नेपालकै हो भन्ने आधारका रूपमा विभिन्न प्रमाण जुटाएको छ । बिभिन्न किसिमका पुराना नक्शा संकलन गर्दा कतिपय नेपालका पुराना नक्सामा लिम्पियाधुरा क्षेत्र समेटिएको छ ।

सन् १८१६ मार्च ४ मा नेपाल सरकार र तत्कालिन इष्ट इण्डिया कम्पनीवीच भएको सुगौली सन्धि र सन् १८१६ डिसेम्बरको पूरक सन्धीलाई नै सो भू–भाग नेपालको भएको प्रमुख प्रमाणका रुपमा सरकारले प्रस्तुत गरेको छ । नेपालले अद्याबधिक गरेको नक्शामा कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग नेपालको सीमाना भित्र परेका छन् । कालीनदीको उद्गमस्थल लिम्पियाधुरा सम्म नक्शामा देखिने गरी नेपालको अद्याबधिक प्रशासनिक नक्शा तयार गरी प्रचलनमा ल्याइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताए ।

मन्त्री अर्यालले बुधबार अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेकी हुन् । अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्सा प्रयोग हुनेछन् । नेपालको नक्सा सार्वजनिक भए पनि आउँदा दिनमा यो विषयमा भारतसग द्विपक्षीय र कूटनीतिक प्रयासमार्फत समस्या समाधान गर्न तयार रहेको सरकारले जनाएको छ । जवाफमा भारतले व्यक्त गरेको टिप्पणी उपयुक्त नभएपनि कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान हुने सन्दर्भलाई भने सकारात्मक रुपमा लिइएको छ ।

नयाँ नक्शा अद्याबधिक भएसंगै नेपालको क्षेत्रफल करीब ३ सय ३५ वर्गकिलोमिटर बढेर अब १ लाख ४७ हजार ५१६ वर्ग्किलोमिटर नै नक्शामा कायम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्