व्यासी सौका समुदायले कुञ्चा सारे, बन्दोबस्तिका सामान सहित भारतको बाटो हुदै व्यास क्षेत्र प्रस्थान

गणेशसिंह धामी
दार्चूला – व्यासी सौका समुदायको कुञ्चा सरेको छ ।
बिहिबार सौका समुदायको कुञ्चा सार्न लागि नेपाल–भारत जोड्ने खलंगा पुलघाँट खोलिएको छ । बिगत लामो समय देखि लक डाउनका कारण कुन्जा सर्न नसकेका ब्यासि सौका समुदाय पशुचौपाया, बालबच्चा र बन्दोबस्तिका समान सहित भारतको बाटो हुदै ब्यासको तिङ्कर र छाङरु प्रस्थान गरेका हुन् ।

स्थानीय प्रशासनको समन्वयमा सीमा नाका खोलिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिए ।

बैशाख दोस्रो सातासम्म ब्यास बसाई (कुञ्चा) सरिसक्ने ब्यासी सौका समुदाय लकडाउनका कारण यो वर्ष ढिलाई भएको छ । विगतका वर्षहरुमा भारतको बाटो प्रयोग गरेर बसाई सर्ने सौका समुदाय यो वर्ष सीमा नाकाहरु बन्द भएकाले बसाई सर्न नसकेको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । नेपालकै बाटो भएर ब्याससम्म जान सकिने घोरेटो बाटो समेत नहुदाँ सौका समुदाय समस्यामा परेका थिए । साैका समुदायका मानिसहरु हेरक वर्ष चिसाे समयमा सदरमुकाम खल‌ंगा र गर्मी समयमा व्यास क्षेत्रमा बसाेबास गर्दै आएका छन् ।

चिसो हावापानीमा बस्ने चौरीगाईहरु समेत सदरमुकाममै भएकाले पशुचौपाया मर्न थालेको भन्दै उनीहरु झन् चिन्तित भएका थिए ।

भारतीय नागरिकहरु समेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार ३० जना भारतीय नागरिकहरु दार्चुलाका लकडाउनका कारण रोकिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्