अंग्रेजी शिक्षकहरुको पेशागत विकासको लागि आयोजना गरिएको भर्चुअल कन्फ्रेन्स सम्पन्न

काठमाडौँ – अंग्रेजी शिक्षकहरुको पेशागत विकासको लागि नेल्टा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको भर्चुअल कन्फ्रेन्स सम्पन्न भएको छ ।
१३ मे अर्थात बैशाख ३१ गतेबाट सुरु भएको कन्फरेन्स सोमबार समापन भएको कन्फेरेन्सका संयोजक डिएन जोशीले उपहार खबरलाई जानकारी दिए । कन्फेरेन्समा बेलायत, अष्ट्रेलिया, न्युजील्याण्ड, रुस, अष्ट्रिया भारत, बंगलादेश लगायत विश्वका विभिन्न देशका विज्ञहरु सहभागि रहेको संयोजक डि.एन जाेशीले बताए ।

अंग्रेजी शिक्षकहरुको पेशागत विकासको लागि आयोजना गरिएको यो कन्फेन्समा सान्दर्भिक शैक्षिक उद्देश्य, शिक्षण विधि, शैक्षिक अनुसन्धान, शैक्षिक नीति, सूचना तथा संचार प्रविधिको प्रयोग र शिक्षामा प्रभाव पार्ने विविध पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा छलफल भएको छ ।

कन्फ्रेन्समा नेल्टाका अध्यक्ष मोतिकला सुब्बा देवान, प्रदेश नं. ७ का अध्यक्ष रामजी हमाल, प्रा. डा. जयराज अवस्थी, प्रा. लक्षमण ज्ञवाली, हेमन्तराज दाहाल, Prof. Gary Barkhuizen, Dr. Gabriel Díaz Maggioli, Prof Deborah Healey, Dr. Minh T Nguyen, Prof. Kirck Brancha, Marjorie Rosenberg, प्रा. अभि सुवेदी, प्रा. विष्णु राई, डा. गंगा गौतम, प्रा. गोविन्दराज भट्टराई, डा. टिकाराम पौडेल, बलराम अधिकारी, डा. कर्ण राणा, मधु न्यौपाने, अशोक सापकोटा, डा. काशीराज पाण्डे, सरिता देवान, जगदीश पौडेल, विश्व गौतम, प्रा. अम्माराज जोशी, भैसाली प्रधान, सुरेन्द्र ओझा, भानुभक्त भट्ट, डा. चिन्तामणी योगी, पुष्पराज पौडेल लगायतका सहभागिता रहेको संयोजक जोशीले जानकरी दिए ।

संयोजक जोशीले एम.फिल अध्ययन पुरा गरेर  अध्ययनको साथसाथै समाजलाई शिक्षाबाट शशक्तिकरण गर्नमा जोड दिएका छन् । संयोजक जोशीले यो भन्दा पहिला स्कलर्स एशोसिएशनको तर्फबाट पनि यस्तै कन्फ्रेन्स सफतापूर्वक सम्पन्न गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्