लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिकः यस्तो छ नयाँ नक्सा

काठमाडौं – मन्त्रिपरिषद् बैठकले पारित गरेको लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि नक्सामा समेटिएको खतिवडाले बताए । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको उनको भनाई छ ।

उनकाअनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । उनले भने, ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ,।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्