झापाका एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५८ पुग्यो

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि आज नै बाँकेमा ४७ र अरु विभिन्न ठाउँमा गरि थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या झापामा समेत गरेर ३५८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्