आज एकै दिन ६२ जनामा कोरोना संक्रमण, गुल्मीमा पनि देखियो, संक्रमित ३५७

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या ३५७ पुगेको बताएका हुन् । मन्त्रालयका अनुसार सोमबार मात्रै ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको सख्या ३५७ पुगेको हो । सोमबार विहान रौतटकका ८ जना र बाराका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । सोमबार दिउँसो बाँकेका ४७ जना, गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ नयाँ संक्रमित भेटिएका छन् । गुल्मीमा पहिलोपटक संक्रमित फेला परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्