बाँकेमा ४७ जनामा कोरोना संक्रमणको पुष्टि

बाँके – बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेमा देखिएका कोरोना संक्रमित मध्ये ४६ पुरुष र १ महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्