इन्द्रावती गाउँपालिका–२ मा खाद्यसुरक्षा अभियान

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना भाइरसको महामारी र यसको प्रभावबाट हुन सक्ने खाद्य असुरक्षाबाट बच्नका लागि इन्द्रावती गाउँपालिका वडा नं.२ म ाखाद्यसुरक्षा समिति गठन गरिएको छ । वडा सदस्य शेर्पा गिरीको नेतृत्वमा गठित समितिको समन्वय इन्द्रावती साना किसान कृषि सहकारी संस्थाले गर्ने निर्णय गरिएको छ ।

स्थानीय स्तरमा उपलब्ध हुने अन्न लगायतका खाद्यान्न संकलन गर्ने र दैनिक गुजाराका लागि अप्ठ्यारो परेका नागरिकहरुलाई वितरण गरी खाद्य अभावका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको सहकारीका अध्यक्ष रामशरण गिरीले जानकारी दिए । अभियान शुरु गरेकै दिन आइतबार रु.३० हजार संकलन भएको छ । यस अभियानमा दाताहरुले नगद वा खाद्यान्न दान गर्न सकिने छ । संकलित नगद वा खाद्यान्नलाई वडाका अति विपन्न परिवारलाई वितरण गरिने साथै साथै यस अभियानमा सहयोग गर्नका लागि समितिको तर्फबाट आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्