प्रदेश नं. २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

धनुषा – प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबार सम्ममा १२२ जना कोरोना सङ्क्रमित थिए । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ । आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् ।

यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १÷१ जना कोरोना सङ्क्रमित छन् । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्