सीमामा तारबार लगाउनु राष्ट्रहित विपरितः महेन्द्र राय यादव (भिडियो सहित)

काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमाका ९८ प्रतिशत समस्या मिलिसकेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको बताएका हुन् । ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ?’ यादवको प्रश्न छ ।

बाँकी २ प्रतिशत कालापानी र सुस्तामा रहेको उल्लेख गर्दै उनले सरकारलाई दुई ठाउँको समस्या समाधान गर्नेगरी पहल गर्न आग्रह गरे । नेपालमा कालापानीबारेमा मौसमी राष्ट्रवाद रहेको उल्लेख गर्दै उनले सरकारलाई मौसमी राष्ट्रवादमा नअलमलिएर सीमा विवाद समाधान गर्ने गरी पहल गर्न आग्रह गरे ।

नेता यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ नेता यादवले भने । यादव सर्लाही २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्