क्वारेन्टाइन व्यवस्थापनको लागि ३ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

चक्र मल्ल
डोटी – ग्रामीण सामुदायिक विकास केन्द्रले बडीकेदार गाउँपालीकालाई क्वारेन्टाईन व्यबस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
युनाईटेड मिसन टु नेपाल डोटी कल्स्टरको आर्थिक सहयोग र गा्रमीण सामुदायिक विकास केन्द्रको साझेदारीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमा ६ रोल पिफर्म, ८० थान कम्मल, १८ थान त्रिपाल लगायत अन्य र्सजिकल सामान सहित तिन लाख बराबरको राहात सामागा्री हस्तान्तरण गरेको हो ।
सो हस्तान्तरण कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बिश्वमा कोरोना भाईरसले आक्रमण गरीरहेका बेला बडीकेदार गाउँपालिका लाइ कोरोना भाईरस बाट जोगाउन सतर्कता अपनाइरहेको बताए । उनले भने “कोरोनाबाट गाउँपालिकाकालाई बचाउन हामी सतर्कता अपनाईरहेका छौ, साथै कुनै कारण बडीकेदार गाउँपालिका संक्रमण भएमा यस्को ब्यबस्थापन का लागी क्वारेन्टाईनको व्यबस्थापन गरेकाछौ ।”

अध्यक्ष चन्दले क्वारेन्टाइन व्यवस्थापनको लागि गा्रमीण समुदायिक विकास केन्द्रले हस्तान्तरण गरेको राहतलाई ठुलो सहयोगको भएको बताए । आगामी दीनमा अन्य सहयोगी दाताको सहयोगको गरेको पनि उनले स्पष्ट पारे । उतm कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बडीकेदर गाउँपालिकामा क्वारेन्टाईनको व्यवस्था भएको बताए । सो क्वारेन्टाईन भारत तथा तेस्रो मुलुक बाट आउने बडीकेदार बासीको लागी व्यवस्थापन गरिएको हो उनले बताए । व्यबस्थापनको लागी यु एम एन र ग्रामीण सामुयिक बिकास केन्द्रले गरेको राहात सहयोग साह्रानीय रहेको शाहीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्