बाराका कोरोना संक्रमित पत्रकार, संक्रमित पत्रकारको संख्या ५

काठमाडौं – सोमबार बारामा भेटिएका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

सोमबार विहान स्वास्थ्य मन्त्रालयले बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको सूचना जारी गरेको छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको खुलेको हो ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्