कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व मन्त्री बस्नेतले सहयोग गर्ने

सुशील सुवेदी
सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएको महिलाको शिशुलाइ सहयोग गर्ने बताएका छन् । महिलाको गत ३ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारको लागि पचास हजार रुपँैया सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पातल बाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशलाई १२ कक्षा सम्म निशुल्क रूपमा शिक्षा लगायतको विभिन्न सहयोग र उच्च शिक्षा पश्चात् रोजगारी समेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि पूर्वमन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्