भारतमा एकैदिन ५ हजार भन्दा बढी संक्रमित थपिए, मृतकको संख्या ३ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार भारतमा एकै दिन ५ हजार ५० जना कोरोनाका संक्रमित थपिएका छन् । भारतमा केहि दिन अघि दैनिक ३ हजार भन्दा बढी कोरोना संक्रमित थपिदै आएका थिए तर पछिल्लो २ दिनमा भारतमा दैनिक कोरोना संक्रमितको संख्या ५ हजार भन्दा बढी देखिदै आएको छ । यहाँ मृतकको संख्या ३ हजार नाघेको छ । ३६ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । भारत विश्वमै प्रभावित ११औँ मुलुक भित्र परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्