लकडाउनमा जनताको घरदैलोमा पुग्दै अमरगढीका मेयर ओझा भन्छन्ः “म सेवक हुँ शासक होईन”

डडेल्धुरा – लकडाउनले देशभरी नै समस्या भइरहेका बेला अमगरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुग्ने गरेका छन् ।

प्रमुख ओझा दैनिक जसो जनताको घर दैलोमा पुग्ने गरेका छन् । उनी भन्छन्, “म सेवक हुँ शासक होईन, जनतालाई स्थानीय सरकारको महसुश गराउँछु, जनतालाई सेवा दिनु नै मेरो पहिलो काम हो ।” नगर प्रमुख ओझा स्वास्थ्यकर्मी सहित नगरपालिका भित्रका दीर्घरोगीहरुको उपचारको लागि घरमै पुग्ने गरेका छन् । स्वास्थ्यकर्मी सहित नगरप्रमुख नै घरमा आएको देख्दा स्थानीयपनि निकै खुसी देखिन्छन् ।
नगर प्रमुख ओझा नगरभित्रका हेरक गतिविधिलाई नियाल्दै जनताको सेवामा व्यस्त छन् । कहिले किसानको बारीमा पग्ने गरेका छन् भने कहिले राहतका पोका बोकेर अपाङ्ग, असाहयहरुको घर आगनमा पुग्ने गरेका छन् ।

अहिले सम्म नगरपालिकाले ३ जहार २ सय ८९ जनालाई राहत उपलब्ध गराई सकेको नगर प्रमुख ओझाले उपहार खबरलाई जानकारी दिए । नगरपालिकाले नगरभित्रका ४६७ जना दीर्घरोगीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराएको छ ।

आइतबार देखि नगरपालिकाको प्रत्येक टोलटोलमा गई स्वाथ्य जाँच अभियान समेत संचालन गरेको छ । २ जना स्वास्थ्यकर्मीलाई लिएर नगर प्रमुख ओझा आफै जनताको घर दैलोमा पुग्न थालेका छन् । आइतबार ३७ जनाको स्वास्थ्य जाँच गरिएको प्रमुख ओझाले जानकारी दिए । स्वास्थ्य जाँच सँगै औषधि, मास्क, र स्यानीटाइजर समेत वितरण गरिएको उनले बताए । यो अभियान नगरपालिकाका ११ वटै वडाहरुमा संचालन गरिने प्रमुख ओझाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्