नेपालमा कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट फेरि अर्का एक जनाको मृत्यु भएको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका युवकको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । यस अघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शनिबार काेराेनाबाट मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्