देश बाहिर रहेका नागरिकहरुलाई यथासिघ्र स्वदेश भित्र्याउन सरकार समक्ष नौगाडका अध्यक्ष धामीको आग्रह

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भारत वा तेस्रो मुलुकमा रहेका नागरिकहरुलाई यथासिघ्र स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्न संघीय सरकार र प्रदेश सरकारसँग अनुरोध गरेका छन ।
आइतबार एक अनुरोध पत्र जारी गर्दै अध्यक्ष धामीले यस्तो आग्रह गरेका हुन् । अनुरोध पत्रमा उनले भनेका छन्, “देशबाहिर अलपत्र अवस्थामा रहेका नौगाड गाउँपालिकाबासी आमाबुवा, दाजुभाई, तथा दिदिबहिनीहरुलाई स्वदेश पुगिसकेपछि गाउँपालिका भित्र्याई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने लगायत सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न नौगाड गाउँपालिका परिवार प्रतिबद्ध रहेको जानकारी गराउछु” अध्यक्ष धामीले यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छन् ।
अध्यक्ष धामीले असुरक्षित आवागमनलाई सुरक्षित गर्न दुबै देशको सिमानामा पीसीआर विधिबाट चेकजाँच गरि स्वदेशमै व्यवस्थापन गर्न सकिने पनि अनुरोध पत्रमा उल्लेख गरेका छन् । दिनानुदिन संक्रमितको संख्या बढिरहेकाले सबैले सुरक्षित रहन समेत उनले आग्रह गरेका छन् ।
स्मरण रहोस् यस अघि उपहारखबरले भारतमा रोजगारीको लागि गएका नौगाड गाउँपालिकाका अपलत्र भनेर समाचार सम्प्रेषण गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्