जेठ ५ गते देखि  १२ गते सम्म गाउँपालिका भरिका कार्यालय बन्द गर्न ककनी गाउँपालिकाको आग्रह

नुवाकोट – ककनी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक एम्बुलेन्स बाहेकका सवारी साधन तथा पैदल हिटडुल गर्न प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ ५ गते बाट जेठ १२ गते सम्म अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरु नचालाउन र भिडभाड नगर्न अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष मानबहादुर लामाद्वारा जारी सूचनामा भनिएको छ, “अत्यावश्यक एम्बुलेन्स बाहेकका सवारी साधनहरु नचलाउन, अनावश्यक रुपमा पैदल हिडडुल तथा भिडभाड गर्ने जस्ता कार्य नगर्न नगराउन हुन साथै यस ककनी गाउँपालिका अन्तरगतका सरकारी कार्यालय र संघसंस्थाहरु बन्द गर्नहुन सम्पूर्ण ककनी गाउँपालिकाबासीहरुमा अनुरोध गरिन्छ ।” अन्यथा सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाही गर्ने पनि सूचनामा उल्लेख गरिएको छ । कोरोनाबाट आफु पनि बाँच्न र अरुलाई पनि बचाउँन घर भित्रै बस्न गाउँपालिको आग्रह गरेको छ । पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । शनिबार साँझ सम्म कुल संक्रमितको संख्या २७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्