गण्डकी प्रदेशसभा बैठकमा सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यात्दै विरोध

काठमाडौं — गण्डकी प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता रेशम बहादुर जुग्जालीले प्रदेशसभाको बैठकमा रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्।

सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलका क्रममा उनले बजेट असन्तुलित र पूर्वाग्रही भएको आरोप लगाउँदै पुस्तिका च्यातेका हुन्। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले बजेटले समग्र प्रदेश विकासको सट्टा निश्चित ठाउँ र उद्देश्यमा मात्रै केन्द्रित भएको गुनासो गरे।

बजेटप्रति कटाक्ष गर्दै उनले भने, “यो बजेटबाट सबैभन्दा बढी देवी–देवता नै खुसी भएका होलान्।”

जुग्जालीले म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाएर अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई वस्तुस्थिति बुझाउन आग्रह गरे।

उनले गण्डकी प्रदेशको बजेट सगरमाथा चढ्न खोजेझैं देखिए पनि कार्यान्वयनमा हिन्दसागरतिर बग्ने खालको भएको टिप्पणी गरे।

प्रदेशसभामा यति खुला ढंगले चर्को विरोध प्रदर्शन हुनुले बजेटको प्रभावकारिता र वितरणबारे गम्भीर प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्