प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रीहरू बजेट प्रश्नको जवाफ दिन तयार

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा यस वर्षको बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

असार ५ गतेदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले विभिन्न मन्त्रालयसम्बन्धी बजेट शिर्षकमा प्रश्नहरू उठाएका थिए। आजदेखि ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा जवाफ दिने मन्त्रीहरूमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी छन्।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलगायतको जवाफ दिने सम्भावित कार्यसूची छ।

यस्तै, परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको पनि जवाफ दिन सक्ने कार्यसूचीमा रहेका छन्।

सरकारका तर्फबाट मन्त्रालयगत बजेटमा उठेका जिज्ञासा र आलोचनाको जवाफ दिने क्रम सुरु भएसँगै संसदको बजेट सत्र निर्णायक चरणमा प्रवेश गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्