रास्वपामा बुर्लाकोटी महामन्त्री र झा प्रवक्ता नियुक्त

काठमाडौं, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक जिम्मेवारी सम्हालिरहेका दुई नेतालाई पूर्ण जिम्मेवारी दिएको छ।

पार्टीको आज बसेको बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ताका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए। पूर्वमहामन्त्री मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि यी पद खाली भएका थिए।

पार्टीले संस्थागत स्थायित्व र कार्यसम्पादनलाई सुदृढ बनाउन पूर्णकालीन रूपमा नेतृत्व जिम्मेवारी तोकेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्