पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बसेको बैठकले नयाँ पुल निर्माण नभएसम्म सडक बन्द राख्ने निर्णय गरेको छ। बैठकले बाढीले क्षति पुर्‍याएको क्षेत्रमा तत्काल मर्मत सम्भव नभएको निष्कर्ष निकाल्दै मर्मत कार्य सम्पन्न नभएसम्म सवारी सञ्चालन नगर्ने जनाएको छ।

प्रशासनको निर्णयअनुसार ठूला सवारीसाधनहरूको आवागमन पूर्ण रूपमा निषेध गरिएको छ भने अन्य सवारी साधनलाई पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

स्थानीय प्रशासन र सरोकारवाला निकायले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। यस अवरोधले पूर्वपश्चिम यातायात प्रणालीमा ठूलो असर परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्