नवलपरासीमा पूर्वपश्चिम राजमार्ग हिलोले अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह

काठमाण्डौ  – नवलपरासीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको डाइभर्सनमा आएको क्षति र सडक हिलो तथा चिप्लो भएपछि सवारी सञ्चालनमा समस्या देखिएको छ। जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार हाल गाडीहरू फस्ने, चिप्लिने र दुर्घटनाको जोखिम बढेको छ।

डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि विश्वकर्मा मन्दिर, घिउखोलालगायत स्थानहरूमा सडक अत्यधिक चिप्लो बनेको छ। यसले गर्दा लामो दूरीका सवारी साधनहरू चल्न नसकेको र जामको स्थिति बनेको प्रहरीको भनाइ छ।

सवारी दुर्घटना र अवरोध न्यूनीकरण गर्न प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ।

  • पूर्वबाट पश्चिमतर्फ जाने सवारी: नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न अनुरोध।

  • काठमाडौँबाट पश्चिमतर्फ जाने सवारी: मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै।

  • पश्चिमबाट पूर्वतर्फ जाने सवारी: बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै जान सक्ने।

  • सानो सवारीका लागि: अवस्थाअनुसार कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा मार्ग वैकल्पिक हुन सक्ने।

प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न, अत्यावश्यक बाहेक सवारी नगर्न पनि सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्