स्वर्लिन श्रेष्ठको राष्ट्रिय विजय: विद्यालयस्तरीय ब्याडमिन्टनमा पहिलो स्थान

काठमाडौं– नेक्सस इन्टरनेशनल एकेडेमीका प्रतिभाशाली छात्रा स्वर्लिन श्रेष्ठले हालै सम्पन्न १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद २०२५ मा ब्याडमिन्टन एकल तथा युगल प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्दै विद्यालय तथा सम्पूर्ण प्रदेशको गौरव बढाएकी छिन्।

उनी बागमती प्रदेशबाट सहभागी हुँदै राष्ट्रियस्तरमा प्रथम भएकी हुन् ।
उक्त प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको थियो, जहाँ देशभरिका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाएका थिए। स्वर्लिनको लगनशीलता, कठोर परिश्रम र खेलप्रतिको समर्पणले उनलाई यो सम्मानजनक उपलब्धि दिलाएको हो।

विद्यालयका प्रधानाध्यापक आरबी कटवालले यो उपलब्धिलाई ऐतिहासिक सफलता भन्दै यस्तो प्रतिक्रिया दिनुभयो । “स्वर्लिनको सफलता सम्पूर्ण नेक्सस परिवारका लागि गौरवको विषय हो। उनले केवल खेलकुदमा मात्र होइन, अनुशासन, कडा मेहनत र समर्पणको आदर्श प्रस्तुत गरेकी छिन्। यस्तो प्रतिभाले हाम्रो विद्यालय मात्र होइन, सम्पूर्ण राष्ट्रको उज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउनेछ। हामी स्वर्लिनलाई हार्दिक बधाई दिन्छौं र उनको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौं।”

नेक्सस इन्टरनेशनल एकेडेमीले स्वर्लिनको यस ऐतिहासिक जितलाई प्रेरणादायी उपलब्धिको रूपमा लिएको छ र अन्य विद्यार्थीहरूलाई पनि आफ्नो क्षमता उजागर गर्न हौसला प्रदान गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्