नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिन दिउँसो बन्द

File Photo

काठमाडौँ – नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको छ। **नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)**का अनुसार सडक स्तरोन्नति तथा मर्मत कार्यका कारण बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो।

यसअघि जेठ १० गतेदेखि हिजो (जेठ २५) सम्म दिनको यही समयमा सडक बन्द गरिएको थियो। मर्मत कार्य नसकिएकाले आज जेठ २६ देखि ३० गतेसम्म पुनः यही समयावधिमा सडक बन्द गरिने सूचना प्रकाशित गरिएको छ।

सडक बन्द अवधिमा साना तथा मझौला सवारी साधनका लागि सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सूचनामा उल्लेख गरिएको छ।

यातायात व्यवसायी तथा यात्रुहरूलाई सडक बन्दको समय र वैकल्पिक मार्ग प्रयोग गर्न आयोजक पक्षले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्