काठमाडौँ, जेठ २५ – प्रतिनिधिसभाको बैठक आइतबार साँझ साढे ६ बजे बसे पनि कार्यवाही अगाडि बढ्न नसकेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाए। उनीहरूका साथमा केही सत्तारुढ सांसदहरू पनि उठेका थिए। सभामुख घिमिरेले सांसदहरूलाई शान्त बस्न र सदन सञ्चालनमा सहकार्य गर्न आग्रह गरे पनि असहयोग जारी रहेपछि बैठक स्थगन गरिएको हो।
विपक्षी दलहरूले भिजिट भिसाको दुरुपयोगमार्फत मानव तस्करी भएको घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै राजीनामा माग्दै आएका छन्। त्यसका साथै उनीहरूले घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग पनि अघि सारेका छन्।
यो विषयलाई लिएर प्रतिनिधिसभाको बैठकहरू पटकपटक अवरुद्ध हुँदै आएको छ। विपक्षी दलहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै सदन चल्न नदिने रणनीति लिएका छन्।
अब बैठक सोमबार जेठ २६ गते दिउँसो २ बजे पुनः बस्नेे ।छ