संसद् अवरोध उचित होइन, माओवादीलाई सहज वातावरण बनाउन कांग्रेस नेता निधिको आग्रह आग्रह”

काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन्। शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको शालिक अनावरण तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् सञ्चालनमा अवरोध सिर्जना गर्नु अनुचित भएको बताए।

नेता निधिले माओवादी केन्द्रलाई सहज रूपमा सदन चल्न दिने वातावरण बनाउन आग्रह गरे। उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि विश्वास गर्नुपर्ने धारणा पनि राखे।

कार्यक्रममा बोल्दै निधिले राजतन्त्र पुनःस्थापनाको बहसलाई निरर्थक भने। उनले भने, “नेपालको इतिहास हेर्दा प्रस्ट हुन्छ—जनताले पटक–पटक राजालाई साथ दिए पनि राजाले जनतालाई धोका दिएका छन्।” जनताको अधिकार खोसिएको विगत सम्झँदै उनले लोकतन्त्रको सुदृढीकरणमा सबै दल एकजुट हुनुपर्ने बताए।

कार्यक्रममा शहीद जोन्छेको योगदानको स्मरण गर्दै पूर्णकदको शालिक अनावरण र प्रतिष्ठान भवन उद्घाटन गरियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्