मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सइको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर – झापाको कमल गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक (सइ) पुरनलाल राजवंशीको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सो क्षेत्रको सडकखण्डमा शनिवार बिहान दुर्घटना भएको हो।

मोरङ कानेपोखरी गाउँपालिका–४ निवासी ४८ वर्षीय राजवंशी इलामको बीओपी समालबुङ पोस्टमा कार्यरत थिए। उनी कार्यक्षेत्रतर्फ जाँदै गर्दा आफैंले चलाएको प्र.१–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा उनको निधन भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्