काठमाडाैँ— बुधबार सेयर बजार ११.९७ अंकले घट्दै नेप्से परिसूचक २६४६ मा झरेको छ। कारोबार रकम पनि घट्दै अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँको तुलनामा आज ५ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो।
आज अधिकांश व्यवसायिक समूहको सूचकमा गिरावट आएको छ। फाइनान्स समूह ०.९० प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका समूह पनि ऋणात्मक भए। व्यापार समूह भने ०.४९ प्रतिशतले बढेको छ, जसमा विशाल बजार कम्पनीको मूल्यवृद्धिको मुख्य भूमिका रहेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। सुपर माइ हाइड्रोपावर, अरुण काबेली पावर, माइखोला हाइड्रोपावर लगायतका कम्पनीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, मिडसोलु हाइड्रोपावर, उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा गिरावट आएको छ।
आजको दिनमा सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर परेका छन्। बजार सूचकमा आएको गिरावटले लगानीकर्ताहरूलाई केही सतर्क बनाएको देखिन्छ।