काठमाण्डौ— नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २,९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १,९२,७०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको भाउ १,८९,८०० रुपैयाँ प्रतितोला थियो। मूल्य वृद्धिसँगै सुन बजारमा नयाँ रेकर्ड कायम भएको व्यवसायीहरू बताउँछन्।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर २,०४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ १,९९० रुपैयाँ थियो।
हालै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मागमा भएको वृद्धि तथा डलर भाउको उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।