क्लव र खेलाडीहरुलाई खेलकुद मन्त्रीको चेतावनी

काठमाडौं – कोभिड–१९ को महामारीका कारण विश्वभरी नै स्थगित गरिएका खेलकुद प्रतियोगिता एक पछि अर्को गर्दै शुरु हुने क्रममा छन् ।

विश्व प्रशिद्ध खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा निराश बनेका खेलाडी र खेलप्रेमीहरुका लागि यो खुशीको कुरा पनि हो । तर महामारी अझै नियन्त्रणमा नआइसकेको अवस्थामा पुनः हुन लागेका प्रतियोगिताहरुले थप स्वास्थ्य त निम्त्याउने हुन की भन्ने चिन्ता पनि बढाएको छ ।

यसै सन्दर्भमा इटलीमा शुरु हुन लागेको सिरी ए लिग प्रतियोगिताको तयारीलाई लिएर त्यहाँका खेलकुद मन्त्रीले क्लव र खेलाडीहरुलाई चेतावनी सहितको निर्देशन दिएका छन् ।
संसदमा बोल्दै मन्त्री भिन्सेञ्जो स्पाडाफोराले स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेण्टी नभएसम्म लिग खेलाउन नदिइने पारे । दुई महिनाको लकडाउनपछि त्यहाँ यहि मे महिनाको ४ तारिख देखि व्यक्तिगत प्रशिक्षणको अनुमति दिइएको थियो भने १८ तारिखबाट खेलाडीहरु समूहगत प्रशिक्षणमा जादै छन् ।

तर खेलकुद मन्त्रीले भने एक जना पनि खेलाडी वा क्लवका सदस्य कसैलाई संक्रमण देखियो भने क्लवका सबै जना क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले सबैको नियमित रुपमा शुक्ष्म परीक्षण हुने पनि बताए । निर्देशनले प्रतियोगिता र रेलिगेसन तालिकामा प्रभाव पार्नसक्ने विष्लेषण भने गरिएको छ ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्