कोरोना भाइरसबाट जापानका एक सुमो खेलाडीको मृत्यु

काठमाडौं – जापानका एक जना सुमो खेलाडीको कोरोना भाइरस संक्रमण भएर मृत्यु भएको छ ।

२८ वर्षिय सुमो रेसलर सोबुसीको कोरोना संक्रमणका कारण मृत्यु भएको जापान सुमो संघले जनाएको छ । भाइरसको संक्रमणका कारण शिरीरका धेरै अंगहरुले काम गर्न छोडेपछि उनको मृत्यु भएको संघले जनाएको छ ।

उनको वास्विक नाम कियोताका सुइटेक रहेको पनि बताइएको छ । गत अप्रिल १० तारिखमा कोरोना पोजेटिभ देखिएका उनलाई तत्काल अस्पताल लगेर उपचार शुरु गरिएको थियो । जापानमा कोरोना संक्रमणबाट खेलाडीको मृत्यु भएको यो नै पहिलो घटना हो । योमरी न्यूजका अनुसार जापान सुमो संघका एक हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गत महिना पाँच जना सुमो खेलाडीमा संक्रमण पुष्टी भएको थियो ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्