आजको मौसमः देशका विभिन्न स्थानमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली भएको जनाएको छ ।

यसैगरी, महाशाखाले बिहीबार दिउँसो देशको पहाडी भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रमा भने आंशिक बदली हुने जनाएको छ ।

त्यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमानमा उल्लेख छ । आज राति देशका पूर्वी क्षेत्रमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुनेछ भने पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्