सेयरबजार बन्द गराउन नेप्सेलाई धितोपत्र बोर्ड नेपालको निर्देशन

काठमाडौं – बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको सेयर बजार फेरी बन्द हुने भएको छ ।
सेयरबजारको नियामक निकाय धितोपत्र बोर्ड नेपाले सेयर बजार बन्द गराउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।

लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएको थियो । लकडाउनकै बीचमा २ दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्