शिक्षा अधिकृत केशव राज ओझाको निधनमा लेकम गाउँपालिकामा एकदिने शोक विदा घोषणा

दार्चुला — लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशव राज ओझाको मोटरसाइकल दुर्घटनामा निधन भएपछि गाउँपालिकाले आज एकदिने शोक विदा घोषणा गरेको छ।

सोमबार  वडा नं. ४ को पैसखोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ओझाको गोकुलेश्वर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । गाउँपालिकाले ओझाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, दिवंगतप्रति सम्मान स्वरूप बैशाख २३ गते मंगलबार सम्पूर्ण कार्यालय तथा मातहतका संस्था बन्द रहने निर्णय गरिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले सूचना जारी गर्दै मृतक ओझाको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् र दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्। लेकम गाउँपालिकाले आफ्नो सूचनामार्फत सम्पूर्ण कर्मचारी, नागरिक तथा सरोकारवाला निकायहरूलाई आजको दिन कार्यालय बन्द रहने जानकारी गराएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्