धितोपत्र बजार ५० दिनपछि खुल्यो, २ प्रतिशतले घट्यो नेप्से

काठमाडौं – लकडाउन सँगै बन्द भएको धितोपत्र बजार ५० दिनपछि आज खुलेकोछ ।
बिहान ११ बजे देखी १ बजे सम्म दुइ घन्टाका लागी धितोपत्र बजार खोलिएको हो । यस अवधिमा १० करोड ४३ लाख रुपैंयाको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकोछ ।

आज कूल ८७ वटा कम्पनीहरुको शेयर कारोबार भएको जनाइएको छ । लामो बन्द पछि खुलेको शेयर बजारको पहिलो दिन नेप्से इन्डेक्स दुइ प्रतिशतले घट्यो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष चन्द्र बहादुर साउदले अनलाइन कारोबारमा जोड दिने गरी धितो पत्र बजार खोलिएको बताए । उनले शेयर लगानीबाटै जिविकोपार्जन गर्ने लगानीकर्ताहरुलाइ लामो समयको बन्दपछि राहत मिल्ने बिश्वास ब्यक्त गरे ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्