सुनौली नाकामा २ हजार नेपाली रहेको अनुमान, मुल नाकाबाटै ल्याइदै

बुटवल – खुल्ला सिमानाबाट लुकिछिपी नेपाल भित्रिने प्रवृत्तिले संक्रमणको जोखिम बढेपछि सीमा क्षेत्रका कतिपय स्थानीय तहहरूले मूल नाकाबाटै अलपत्र नेपालीलाई नेपाल ल्याउन थालेका छन् ।

मूल नाकाबाटै नेपालीलाई ल्याउँदा चोर बाटाहरूबाट लुकिछिपी भित्रिने क्रम कम हुने स्थानीय तहहरूको विश्वास छ ।
सुनौली नाकामा मात्रै झण्डै दुईहजारको हाराहारीमा नेपाली रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताए ।
उनीहरूलाई राख्न थप क्वारेन्टाइन र पिसिआर परीक्षण केन्द्रको व्यवस्था गरेपछि स्थानीय तहहरूले नेपाली ल्याउन शुरु गरेका हुन् । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीका अनुसार अब प्रदेशमा क्वारेन्टाईनमा बस्नेको संख्या अझै बढ्नेछ । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ५७४ जना क्वारेन्टाईनमा छन् ।

यसैबीच सीमा क्षेत्रका स्थानीय तहहरूले सिमानामा थप कडाई गरेको जनाएका छन् । कतिपय तहले सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै स्वयम् सेवक पनि परिचालन गरेका छन् । अहिलेसम्म यो प्रदेशमा ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । मङ्गलबार एकै दिन यो प्रदेशमा १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । उनीहरू सबै भारतको मुम्बइबाट लुकिछिपी आएको प्रारम्भिक सूचना प्राप्त भएको छ । गाेरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्