कोरोना नियन्त्रणमा होमीयोप्याथिक चिकित्सा पद्धति प्रभावकारी बन्दै, उदयपुरको भुल्केमा निःशुल्क औषधि वितरण गरियो

झापा – कोरोना भाइरस नियन्त्रणमा होमीयोप्याथिक चिकित्सा पद्धति प्रभावकारी बन्दै गए पछि यसको प्रयोग नेपालमा पनि भएको छ ।
प्रदेश नं. १ को कोरोना हटस्पट सेन्टरको रुपमा रहेको उदयपुरको भुल्केमा कोरोना नियन्त्रण गर्न होमीयोप्याथिक औषधि वितरण गरिएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा उदयपुरको भुल्केमा औषधि विरतण गरिएका हो । अल नेपाल होमीयोप्याथिक एशोसिएशनका अध्यक्ष डा. केपी सुवेदी, निवर्तमान अध्यक्ष डा. विपी मिश्र, अल नेपाल होमीयोप्याथिक एशोसिएशन, प्रदेश नं. १ का अध्यक्ष डा. घनश्याम सुवेदी, अन्य केन्द्रीय सदस्यहरुको सहभागितामा औषधि विरतण गरिएको डा. मिश्रले जानकारी दिए ।  भुल्केका विभिन्न क्वारेन्टानइमा बसेका हरु र भुल्के आसपासका जोखिम क्षेत्रका लगभग २ हजार जनालाई अल नेपाल होमीयोप्याथिक एशोसिएशन र ज्योती  होमीयो विराटनगरकाे तर्फबाट निःशुल्क वितरण गरिएको डा. मिश्रले जानकारी दिए ।

हाल होमीयोप्याथिक चिकित्सा प्रणालीमा प्रयोग भइरहेको यो औषधीले रोग प्रतिरोधात्मक क्षमाता बढाउने बताइएको छ । यो औषधिलाई विहान खाली पेटमा चार दाना चुसेर खानुपर्ने र तीन दिन सम्म प्रयोग गर्नुपर्ने डा. मिश्रले जानकारी दिए ।

कोरोना नियन्त्रणको लागि भारतमा समेत यस पद्धतिको प्रयोग भइरहेको छ । विभिन्न मुलुकहरुमा यसको परिणाम राम्रो देखिएकाले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको आयुर्वेद तथा वैकल्पिक चिकिस्ता विभागले हामीयोप्याथिक पद्धतिको पोर्टुकल नै तयार गरेको छ ।

कोरोना भारइरस नियन्त्रणको लागि विभिन्न शक्ति राष्ट्रहरुले थुप्रै अनुसन्धान गरे पनि अहिलेसम्म कुनै भ्याक्सिन नबनिसकेका बेला होमीयोप्याथिक पद्धति प्रभावकारी बन्दै गएको अल नेपाल होमीयोप्याथिक एशोसिएशनका निवर्तमान अध्यक्ष डा. मिश्रले उपहार खबरलाई जानकारी दिए । युरोपेली मुलुकहरुमा कोरोना महामारी झनै बढिरहेका बेला होमीयोप्याथिक चिकित्सा पद्धतिले कोरोना नियन्त्रणमा ठूलो सहयोग पुगेको डा. मिश्रले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्