कोरोना संक्रमित बढेसँगै लकडाउनमा कडाई, सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं – गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयले आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्