हेलम्बुमा कृषि क्रान्तिको अवधारणा, किसानहरुलाई बस्ति–बस्तिमा गएर मल प्रयोगबारे सिकाउँदै

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ढुवानी अनुदानमा दिएको मल कुन–कुन मिश्रण गरेर प्रयोग गर्ने भन्ने बारे कृषकहरुलाई जानकारी दिइरहेको छ ।
कोरोना भाइरसको महामारीले खाद्यन्नमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा जोड दिदै मलको प्रयोगबारे किसानहरुलाई जानकारी दिन थालेको हो ।

रसायनिक मलको कति मात्रा र कसरी प्रयोग गर्ने भन्ने बारेमा कृषकहरुलाई थाहा नभएका कारण गाउँपालिकाको कृषि विकास शाखाले सोमबार कृषकहरुलाई मल प्रयोग सम्बन्धि बस्ति बस्तिमा गएर जानकारी दिइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उपहार खबलाई जानकारी दिए । कृषि विकास शाखाले गाउँपालिकाको विभिन्न बस्तिहरुमा गएर किसानहरुलाई मल प्रयोग बारे जानकारी दिइरहेको छ । यो सँगै किसानहरु निकै खुसी भएका छन् । गाउँपालिकाले केहि दिन अगाडी साल्ट ट्रेडिङले तोकेकै मुल्यमा किसानहरुलाई मल उपलब्ध गराएको थियो । कृषि विकास शाखाले आर्थिक वर्ष २०७७–७८का लागि कृषकहरुको राय लिएर योजना छनौट कार्य  गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । कोराेना महामारीले कृषि उत्पादनमा ह्रास आउन नदिन बस्ति-बस्तिमा कृषि शाखाका कर्मचारीहरु परिचालन  गरिएकाे प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्