हुम्लाका २ विद्यालयमा नियमित पठनपाठन

हुम्ला – कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा भने नियमित पठनपाठन भएको छ ।

जिल्लाका २६ वटा उच्च माध्यमिक विद्यालय र १ सय १८ वटा आधारभुत विद्यालयहरु छन् । जसमध्ये २ वटा विद्यालय पठनपाठन चलिरहेको छ ।

उत्तरी चीनको सीमानासँग जोडिएको हुम्लाको नाम्खा गाँउपालिका–६ लिमिका दुई वटा विद्यालयमा नियमित पठनपाठन हुदै आएको छ ।

भृकुटी आधारभुत विद्यालय जाङ्गका १५ जना बालबालिका र सुनखानी आधारभुत विद्यालयका ३५ जना बालबालिका नियमित विद्यालय जाने गरेको नाम्खा गाँउपालिका–६का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्