लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गर्न लागिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि आएको हिमपहिरोले पूर्ण रुपमा क्षति पुराएको बस्ती संरक्षणका लागि जलस्रोत तथा सिंचाइ विकास सब डिभिजन कार्यालय रसुवाले तटबन्ध निमार्ण सुरु गरेको हो ।

बस्ती नजिकै २ मीटर चौडा र २ मीटर उचाइको एक सय अठसठ्ठी मीटर लामो पर्खाल लकडाउनकै समयमा निर्माण सम्पन्न गरिएको छ । भूकम्पपछि आएको हिम पहिरोका कारण सो स्थानमा पाँच सय भन्दा बढीको ज्यान गएको थियो । सो स्थानमा स्थानीयहरुले लगाएको अन्न बाली तथा बस्ती संरक्षण गर्न तटबन्ध गरिएको हो ।

अन्न बाली तथा बस्ती संरक्षण गर्न लगाईएको तटबन्ध बाट सत्तरी घर धुरी लाभान्बित भएको गोसाईकुण्ड वडा नम्बर चारका वडा अध्यक्ष सुप्पा तामाङले बताए ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्