शुक्लाफाँटा नगरपालिका–८ मा विवादित सा.सु. भत्ता वितरण सुरु, लाभग्राहिको खातामा ब्याज उपलब्ध गराउने सहमति

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ ले दास्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाटो खुला गरेको छ ।
आइतबार शुक्लाफाँटा नगरपालिका र वडा नं. ८ को कार्यालयबीच ३ बुँदे सम्झौता भएपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको वडा अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए । नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलबहादुर ऐर र वडा कार्यालयको तर्फबाट अध्यक्ष महराले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा लेखिएको छ, “आगामी दिनमा वितरण गरिने सामाजिक सुरक्षा भत्ता निम्नानुसार तोकिएको समयमा वितरण गर्ने, आ.व. २०७६/७७ को दोस्रो चौमासिकको सा.सु. तीन महिना ढिलो वितरण गरिएकाले उक्त अवधिको निम्नानुसार प्राप्त हुने व्याज सम्बन्धित सा.सु. प्राप्त गर्ने लाभग्राहीको खातामा उपलब्ध गराउने, अवरुद्ध गरिएको सा.सु. भत्ता विरण कार्यक्रम सूचारु गर्न दिने र वितरण कार्यक्रममा सहयोग गर्ने ।” प्रेस विज्ञप्तिद्वारा जानकारी दिइएको छ ।

यसअघि कञ्चन डेभलपमेन्ट बैंकले ३ महिना ढिलो गरि सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएको भनि बैंकका कर्मचारीलाई वडा कार्यालयबाट फर्काइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्