सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निमार्ण सम्पन्न

सुशील सुवेदी
सिन्धुपाल्चोक – २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा बसाई सरेका छन् ।

निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासो सहित जम्मा लाभग्राहि ९० हजार ७ सय ५९ रहको र ८७ हजार ७ सय ५८ लाभग्राहिले सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका प्रमुख भरत आचार्यले बताए ।
अनुदान सम्झौता गरेर ८४ हजार ४ लाभग्राहिले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेका आचार्यले बताए । सिन्धुपाल्चोकका १ सय ६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन्, भने जिल्लामा ७ सय १७ जना बिस्तापित भएका मध्ये ३२१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन भने ३ सय १९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु २ चित्रेको २ परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार ५ सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार ९ सय ८० भूकम्पपीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले बताए । उनका अनुसार चैत्र मसान्त सम्म लाभग्राहीमध्ये ८७ हजार ६ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार ४ लाभग्राहीले दोस्रो किस्ताबापत थप १ लाख ५० हजारको लागि सिफारिस भएको छ । उनका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्