नौगाड गाउँपालिकाका ३४ जना भारतको मद्रासमा अलपत्र, सहयोग गर्न आग्रह (नामावली सहित)

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिका घर बताउने ३४ जना भारतमा अलपत्र परेका छन् ।

आइतबार बेलुका उपहारखबरसँग कुरा गर्दै नौगाड गाउँपालिका–२ स्थायी घर भएका तर हाल भारतको मद्रासमा अपलत्र परेका गगन सिंह धामीले बताए । उनले भने “हामीहरु धेरै पिडित छौँ, हामीहरु सबै नौगाड गाउँपालिका वडा नं. २ र ३ भित्रका छौँ यता बसेको २ महिना भन्दा बढी भयो, हाम्रो गाउँपालिको पनि केहि गरेको छैन, हामीहरुसँग केहि खानेकुरा किन्नलाई पनि पैसा छैन, अब कोरोनाले भन्दा भोकले मर्ने अवस्था भएको छ ।” उनीहरुले सहयोग गर्न गाउँपालिकालाई समेत आग्रह गरेका छन् । उनीहरुले भारतमा भोक भोकै मर्नुभन्दा आफ्नो देश फर्किन चाहेको बताएका छन् ।
कोरोनाको महामारीका कारण विश्व नै आतंकित बनिरहेका बेला थुप्रै नेपाली भारतमा अपलत्र परेका छन् । अपलत्र नेपालीहरु स्वदेश फर्किन चाहे पनि नेपाल सरकारको उदासिनता र सुस्त गतिको काम गराईले धेरै नेपालीहरुले पीडा भोगिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्