पार्टी बलियो बनाउन ध्यान केन्द्रित छ : बामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएकाछन् ।
कोरोना महामारीले देशको सङ्कटपूर्ण यो अवस्थामा पार्टी र सरकार दुवै बलियो बनाउनेमा सबैको ध्यान जानुपर्ने भन्दै आफूलाई जोडेर मिडियामा विभिन्न थरीका समाचार आएकोमा आफूलाई दुःख लागेको उनको भनाइ छ ।
यही वैशाख १७ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि मिडियाले आफूखुसी समाचार बनाएको प्रस्ट पार्दै नेता गौतमले ‘प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने प्रस्ताव आफूले बैठकमा नगरेको प्रस्ट पारे । यस्तै वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउने तयारी पार्टीले गरेको अनुमानसहितका समाचार मिडियाले सम्प्रेषण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्