आज र भोली उपत्यकाका केहि स्थानमा विद्युत सेवा कटौती हुने

File Photos: THT

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ ।

प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो ।

ती स्थानको विद्युत् लाइन छुटाइ कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए । ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्